बर्ड फ्लु के हो र कसरी बच्ने ? (भिडियो सहित) « Nagarik Khabar

बर्ड फ्लु के हो र कसरी बच्ने ? (भिडियो सहित)



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बर्ड फ्लूको संक्रमणबाट एक जनाको मृत्यु भएको कुरा सार्वजनिक गर्यो । २१ वर्षीय एक युवकको बर्ड फ्लूको संक्रमणबाट मृत्यृ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीले जानकारी दिईन ।
गत चैत्र १० गते ज्वरो र खोकीको लक्षण लिएर टेकूस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भर्ना गरिएका उनको ५ दिनपछि उपचारकै क्रममा मृत्यु भएको थियो । मन्त्रालयले उनको मृत्यु पछि ¥याल परिक्षणको नमूना जापान पठाएको थियो ।
जापानको इन्फ्लून्जा सेन्टरले बर्ड फ्लूबाटै उनको ज्यान गएको पुष्टि गरेको रिर्पोट यही बैशाख १७ गते नेपाल पठाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्ड फ्लूको संक्रमणबाट एक जनाको ज्यान गएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको पनि स्पष्ट पारेको छ ।
मन्त्रालयले सर्वसाधारणमा आतंक फैलिन सक्ने भन्दै बर्ड फ्लूबाट ज्यान गएको युवकको नाम भने खुलाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो रोगबाट बच्न पंक्षीको मासु राम्रोसँग पकाएर खाने तथा रोग लागेका व्यक्ति वा संक्रमित पंक्षीबाट टाढा रहन पनि सबैलाई आह्वान गरेको छ । बर्ड फ्लूको संक्रमण भएपछि श्वासप्रश्वासमा समस्या आई मानिसहरुको ज्यान जाने गरेको चिकित्सकहरुले बताएका छन ।
महामारी तथा रोग नियन्त्रण विभागका निर्देशक डा विवेक कुमार लालले विरलै मात्र पंक्षीबाट मानिसमा सर्ने भएकाले आत्तिनु पर्ने अवस्था नरेको बताए ।
बर्ड फ्लु के हो र कसरी बच्ने भन्ने विषयमा जानकारी दिदैं डा विवेक कुमार लाल  

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: