प्रविधिको गलत प्रयोग ऐजेरुजस्तै भयो, यसलाई निस्तेज पारौं : प्रधानमन्त्री ओली « Nagarik Khabar

प्रविधिको गलत प्रयोग ऐजेरुजस्तै भयो, यसलाई निस्तेज पारौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा देखिएको गलत प्रवृत्ति निस्तेज पार्ने बताएका छन् । उनले समृद्ध, आधुनिक र सभ्य नेपाल निर्माणका लागि गलत प्रवृत्तिलाई रोक्नुको विकल्प नरहेकोे प्रष्टीकरण दिए ।

बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालको गलत प्रयोग मुन्तलामा ऐजेरु र धानमा सामा पलाएजस्तै भएको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्न जरुरी रहेको बताए । केही वर्षअघि मोबाइल फोन चलाउन अनौठो मानिए पनि अहिले त्यसबाट हरेक नेपालीको घरमा बच्चालाई जोगाउन समस्या भइरहेको फेहरिस्त सुनाए ।

प्रधानमन्त्री ओलीले सञ्चार र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको योजना सुनाए । जस अनुसार उत्पादनसँग प्रविधिलाई जोड्ने योजना रहेको बताउँदै उत्पादनसँग प्रविधि जोड्दा तीव्र आर्थिक विकास हुने र त्यसले मुलुकलाई समृद्ध बनाउने तर्क पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: