केन्द्रिकृत मानसिकता संविधान कार्यान्वयनको चुनौती : अध्यक्ष शर्मा « Nagarik Khabar

केन्द्रिकृत मानसिकता संविधान कार्यान्वयनको चुनौती : अध्यक्ष शर्मा



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमा भएको सुन्दर पक्षको कार्यान्वयन गर्नु आजको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

फ्रिडम फोरमले २६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा ‘प्रेस स्वतन्त्रताको चुनौती र दण्डहीनताको निरन्तरता’ विषयक अन्तर्क्रिया कार्यक्रममा शर्माले स्वरुपमा मुलुक सङ्घीयतामा गएको तर मानसिकता केन्द्रिकृत हुनाले संविधानका महत्त्वपूर्ण र सुन्दर पक्ष कार्यान्वयनमा जटिलता उत्पन्न भएको औंल्याए ।

उनले नेपालमा बाहिरबाट हेर्दा प्रेस स्वतन्त्र रहेको भए पनि सञ्चारगृहमा काम गर्ने पत्रकारमाथि अझै खतरा रहेको उल्लेख गरे । प्रेस भनेको मानव अधिकारकर्मी पनि भएको बताउँदै अध्यक्ष शर्माले आयोग प्रेस जगतसँग मिलेर मानव अधिकारको रक्षाका लागि उभिने प्रतिवद्धता जाहेर गरे । राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधनको चरणमा रहेको बताउँदै उनले अहिलेकै अवस्थामा ऐन पारित भए आयोगको संवैधानिक अधिकार कुण्ठित हुने दाबी गरे ।

राष्ट्रिय जनता पार्टीका नेता वृजेशचन्द्र लालले भाषणमा लोकतन्त्रका कुरा गर्ने तर व्यवहारमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने प्रवृत्ति बढाउँदै लैजानाले प्रेस स्वतन्त्रता सङ्कटमा गर्दै गएको बताए । आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै स्वतन्त्र विचारलाई सम्मान गर्ने परिपार्टी नबनेसम्म स्वतन्त्र प्रेसको कुरा गर्नु व्यर्थ हुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: