काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार पेश गर्ने कार्यक्रम रहेको छ ।
संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
बजेट अधिवेशन नामले चिनिने संघीय संसदको बर्खे अधिवेशनमा राष्ट्रपतिको उपस्थिति हुने भएपछि काठमाडौंको नयाँबानेश्वरमा रहेको संघीय संसद भवनलाई चिरिच्याट्ट बनाइएको छ ।