चन्द्रागिरी गोल्डकप : सरस्वती फाइनलमा « Nagarik Khabar

चन्द्रागिरी गोल्डकप : सरस्वती फाइनलमा



काठमाडौं । सरस्वती युवा क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा ग्रान्डमास्टर जावलाखेललाई १–० गोलले पराजित गर्दै सरस्वती प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा सरस्वतीले आत्मघाती गोलको सहयोगमा फाइनलको यात्रा तय गरेको हो । खेल सुरु भएको दोस्रो मिनेटमै जावलाखेलका रक्षक गौतम श्रेष्ठले बललाई क्लियर गर्ने प्रयासमा आफ्नै पोस्टमा छिराएपछि सरस्वती १–० ले अघि बढेको थियो । अन्तत सोही गोल सरस्वतीका लागि फाइनलको यात्रा तय गर्न पर्याप्त बन्यो ।

सरस्वतीले अव उपाधिका लागि एपीएफ र च्यासलबीच शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल शनिबार हुने छ । प्रतियोगिताको विजेता टोलीले ६ लाख र उपविजेताले तीन लाख प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: