मनमोहन मेमोरियल क्रिकेट : प्रदेश ३ को लगातार दोस्रो जित « Nagarik Khabar

मनमोहन मेमोरियल क्रिकेट : प्रदेश ३ को लगातार दोस्रो जित



काठमाडौं । प्रदेश नम्बर ३ ले राजधानीमा जारी मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । बिहिबार भएको खेलमा कर्णाली प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्रदेश तीनले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

किर्तिपुर स्थित त्रीबि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश २३ ओभरमा ९६ रनको योगफलमै समेटिएको थियो । जवाफमा प्रदेश नम्बर तीनले ११.१ ओभरमा मात्रै दुई विकेट गुमाएर जित निश्चित गरेको हो ।

प्रदेश तीनका लागि दीपक बोहोराले ३५ तथा आइस भट्टराईले ३१ रनको योगदान दिए । अलराउण्ड प्रदर्शन गरेका दीपकले बलिङतर्फ एक्लैले पाँच विकेट लिएका थिए । उनी म्यान अफ दी म्याच समेत चुनिए । कर्णाली प्रदेशका लागि भने विनित खत्रीले २५, दिलिप सुनारले २४ तथा युनिस विक्रम सिंहले २२ रनको योगदान दिए पनि टोलीको जित सम्भव भएन ।

यस्तै दिनको अर्काे खेलमा प्रदेश नम्बर सातले गण्डकी प्रदेशलाई चार विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले २०.५ ओभरमा सबै विकेट गुमाउनु अघि ९० रन जोडेको थियो । प्रदेश नम्बर सातले २२.५ ओभरमा ६ विकेट गुमाउदै जित भेट्टायो ।

प्रदेश सातको जितमा अभिशेक थापाले २९ रन जोडे भने नितेश गिरीले तीन विकेट लिएका थिए । गण्डकी प्रदेशका लागि सन्देश भट्टले ३८ रन जोडे पनि टोलीलाई जित दिलाउन असफल रहे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: