शंकरदेवलाई उपाधि « Nagarik Khabar

शंकरदेवलाई उपाधि



काठमाडौं । शंकरदेव क्याम्पसले खुल्ला राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहिवार भएको फाइनल खेलमा जेभियर कलेजलाई ६३–५७ को स्कोरले पराजित गर्दै शंकरदेवले उपाधि जितेको हो ।

शंकरदेवले पहिलो र तेस्रो क्वार्टरमा लिएको अग्रतानै जितको आधार बन्यो । पहिलो क्वार्टरमा १८–१० को अग्रता लिएको शंकरदेव दोस्रोमा क्वार्टर १२–१६ ले गुमाएको थियो ।
तेस्रो क्वार्टरमा शंकरदेवले पुनः १४–१० को अग्रता बनायो । अन्तिम क्वार्टरमा १९–२१ ले पछि परेपनि उपाधि जित्न सफल रह्यो ।
शंकरदेवका लागि उत्कृष्ट खेलाडी चुनिएका रामकृष्ण घोतामेले २० स्कोरको योगदान गरेका थिए । उपाधिसँगै शंकरदेवले एक लाख ११ हजार प्राप्त ग¥यो । जेभियरले ५५ हजारमा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: