पेट्रोलियम पदार्थको मूल्य बढ्योः पेट्रोलमा डेढ रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ « Nagarik Khabar

पेट्रोलियम पदार्थको मूल्य बढ्योः पेट्रोलमा डेढ रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आजराति (बिहीबार)बाट लागू हुने गरी प्रतिलिटर पेट्रोल डेढ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ बढाएको हो ।

मूल्यवृद्धि भएपपछि भोलि बिहान शुक्रबारदेखि उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ ।

नेपाल आयल निगमले तीन महिनापछि मूल्य समायोजन गरेको हो । १८ वैशाखमा भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: