‘भावी आइजीपी’का रुपमा डीआइजीमा पोखरेल सिफारिस « Nagarik Khabar

‘भावी आइजीपी’का रुपमा डीआइजीमा पोखरेल सिफारिस



काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको डीआइजीमा एसएसपी विश्वराज पोखरेल सिफारिस भएका छन् । एसएसपी पोखरेल लागूऔषध नियन्त्रण व्यूरोमा कार्यरत थिए ।

आज बसेको बढुवा सिफारिस समिति बैठकले पोखरेललाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

खाली रहेको एक मात्र डीआइजी पदमा उनलाई मात्र सिफारिस गरिएपछि उनको डीआइजी नियुक्ति निश्चित भएको छ । पोखरेलका लागि आगामी आइजीपी पदका लागि समेत बाटो खुलेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: