गृहमन्त्री बादलको बर्थडे ! « Nagarik Khabar

गृहमन्त्री बादलको बर्थडे !



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलको आज जन्मदिन । इमान्दार स्वच्छ राजनीतिक छवि बनाउनुभएका गृहमन्त्री थापाको यो ५४औं जन्मदिन हो ।

उहाँको जन्मदिनको अवसरमा प्रत्यक्ष भेटेर वा सामाजिक सञ्जालमार्फत शुभकामना दिनेहरु व्यापक देखिएका छन् । पार्टीमा सांगठनिक उच्च छवि बनाउँदै आउनुभएका गृहमन्त्री थापाको सरकारी निवास पुल्चोकमा विहीबार साँझ शुभेच्छुक तथा आफन्तहरुले केक काटेर नै जन्मदिन मनाएका छन् ।

जन्मदिन मनाउने सो कार्यक्रममा धर्मपत्नी नैनकला थापा, सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, आईजीपी सर्वेन्द्र खनाल लगायत उपस्थित हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: