मनोहराको ५० रोपनी पनि व्यक्तिका नाममा « Nagarik Khabar

मनोहराको ५० रोपनी पनि व्यक्तिका नाममा



काठमाडौं । भूमाफियाले सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गराएको पाइएको छ ।

करिब ३५ बर्ष अघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको भेटिएको समाचार आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

ल्याण्ड पुलिङ गरी घडेरी बिक्री गर्दै आइरहेको मनोहरा जग्गा एकिकरण आयोजना कार्यालयले ल्याण्ड पुलिङका लागि पहल गर्दा अचानक यो तथ्य खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: