अल्डरसटको काउन्सिलरमा नेपाली समुदायका केसी निर्वाचित « Nagarik Khabar

अल्डरसटको काउन्सिलरमा नेपाली समुदायका केसी निर्वाचित



काठमाडौं । बेलायतको अल्डरसट क्षेत्रमा भएको स्थानीय निर्वाचनमा नेपाली समुदायका उम्मेदवार काउन्सिलर पदमा विजयी भएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको सो क्षेत्रको काउन्सिलर पदमा नेपाली समुदायका उम्मेदवार प्रवेश केसी विजयी भएका हुन ।

विहीवार भएको स्थानीय निर्वाचनमा म्याग्दीमा जन्मिएका केसी अल्डरसट क्षेत्रको वलिङटन वार्डबाट विजयी भएका हुन । सो निर्वाचनमा उनले ३२८ मत प्राप्त गरेका थिए ।

युवा व्यवसायी तथा समाजसेवी केसी बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार भएका थिए । उनले आफ्ना प्रतिद्धन्द्धी भन्दा ४५ मत बढी प्राप्त गरेका छन् । सो वार्डमा ७ सय १० मत खसेको थियो ।

निर्वाचित भए पछि केसीले नेपाली समुदायतको आवाजलाई समेत समेटेर वेलायती समुदायतसँग काम गर्ने प्रतिक्रिया दिएका । केसीले चुनावी अभियानमा आफूलाई मत दिने र आफ्नो चुनावी अभियानमा सघाउने प्रति सबैलाई धन्यवाद दिए । उनी सन् १९९६ मा नेपालबाट बेलायत गएका थिए । बेलायतमा केसीको घरजग्गा लगायत अन्य व्यवसायमा सञ्चालनमा छन् ।

अल्डरसटमा वसोबास गर्दै आएका केसी कन्जरभेटीभ पार्टीबाट काउन्सिलर पदको उम्मेदवार बनेका थिए । नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरटमा बस्दै आएका युवा व्यवसायी तथा समाजसेवी केसीको पक्षमा नेपालीहरुले प्रचारप्रसारमा समेत सहयोग गरेका थिए । अल्डरसटमा नेपालीको जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुर्याउने उदेश्य रहेको उनको भनाई छ ।

सन् १९९६ देखि बेलायत बस्दै आएका केसीले अल्डरसटमा मन्दिर, गुम्बा, मस्जिद, चर्च बनाउने पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: