काठमाडौं । फिलिपिनो सहकर्मीको मृत्यु प्रकरणमा दोषी ठहरिएका फेदाम २ तेह्रथुमका ५० बर्षिय खड्गबहादुर जोगी दुई लाख दिराम (झण्डै ६१ लाख रुपैयाँ) बुझाएर यूएईस्थित जेलबाट छुटेका छन् ।
उनी बिहीबार बिहान काठमाडौं आइपुगेका छन् । नेपाली दूततावासमार्फत आबुधाबीको अदालतमा ब्लडमनी बुझाएपछि उनी जेलमुक्त भएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
उनी ६ मे २०१४ देखि आबुधाबीको अल वात्बा जेलमा थिए ।