नक्कली पासपोर्ट बोकेर नेपाल आएका तीन इरानी जेलमा « Nagarik Khabar

नक्कली पासपोर्ट बोकेर नेपाल आएका तीन इरानी जेलमा



काठमाडौं । इरानीको गैरकानुनी प्रवेश रोक्न अध्यागमन विभागले इरानी नागरिकलाई दिँदै आएको अन—अराइभल भिसा रद्द गर्न छलफल अघि बढाएको समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ ४ मा छापिएको छ ।

अर्को मुलुकको नक्कली राहदानीमा इरानीहरू शंकास्पद तवरबाट धमाधम नेपाल प्रवेश क्रम बढेपछि विभाग अनअराइभल भिसा रद्द गर्न अघि सरेको हो। गृह मन्त्रालयले गैरकानुनी ढंगले प्रवेश गरेका २४ भन्दा धेरै इरानीलाई निष्काशन गरिसकेको छ।

त्यसरी नक्कली राहदानी बोकेर आएका ३ इरानी अहिले अध्यागमन विभागको हिरासतमा छन्। उनीहरू क्रमशः डेनमार्क, स्पेन र जर्मनीको नक्कली राहदानी लिएर आएका हुन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: