संसदमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै « Nagarik Khabar

संसदमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै



काठमाडौं । सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसदमा पेस हुँदैछ ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । विहिबारको मन्त्रीपरिषदमा संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रमबारे छलफल भएको थियो ।

सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठक अपराह्न ४ बजे बस्नेछ । यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो। नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुनेछ ।

नीति तथा पेस भएपछि छलफल हुनेछ । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी भएको छ । छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया सुरु हुनेछ ।

नीति तथा कार्यक्रम पेसका लागि सङ्घीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । सङ्घीय संसद् सचिवालयको तयारी अनुसार ढिलामा पनि वैशाख ३१ सम्म बजेट पूर्वको छलफल सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: