आज विश्व प्रेस स्वतन्त्रता दिवस « Nagarik Khabar

आज विश्व प्रेस स्वतन्त्रता दिवस



काठमाडौं । आज विश्वभर २६ औं प्रेस स्वतन्त्रता दिवस मनाइदैछ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ विविध कार्यक्रमका गर्दै मनाउन लागिएको छ ।
प्रेस स्वतन्त्रता सम्बन्धी काम गर्ने अमेरिकी संस्था फ्रिडम हाउसले गरेको अध्ययन प्रतिवेदन अनुसार अघिल्लो बर्षको विश्व प्रेस स्वतन्त्रता सम्बन्धी प्रतिवेदनमा स्वीडेन, नर्वे र फिनल्याण्ड उत्कृष्ट भएका थिए । यूरोपका यी तीन देशले शतप्रतिशत अंक प्राप्त गर्दे उत्कृष्ट भएको सो अध्धयन प्रतिवेदनले जनाएको छ । यस बर्ष सबैभन्द खराब सुचीमा सिरिया रहेको छ । त्यहाँ प्रेस स्वतन्त्रताको अवस्था शून्य रहेको छ । नेपाल प्रेस स्वतन्त्रताको सूचीमा ५४औ स्थानमा रहेको छ ।
नेपाल पत्रकार महासंका अनुसार नेपालको ११८ बर्षको इतिहासमा यस बर्ष सबैभन्दा बढी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी कानुन निर्माण भएका छन् । तीन तहको निर्वाचनपछि सबैभन्दा बढी कानु्न निर्माण भएको महासंघले जनाएको छ ।
त्यसैगरी फ्रिडम फोरमले तयार पारेको प्रतिवेदन अनुसार एक बर्षको अवधिमा १०४ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घट्ना भएका छन् र त्यसबाट १ सय ५८ जना पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: