के हुँदैछ अरनिको राजमार्गमा ? « Nagarik Khabar

के हुँदैछ अरनिको राजमार्गमा ?



बाह्रबिसे । तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ । वर्षा सुरु हुनुअघि नै निर्माण र मर्मत सक्न राजमार्गको वनदेउदेखि भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रसम्म ३५ किलोमिटर सडक मर्मत भइरहेको समाचार आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा छापिएको छ । ।

सडक डिभिजन कार्यालय चरिकोटले ५ प्याकेजमा ३ महिनाभित्र सक्न टेन्डर गरेर सडक मर्मतलाई तीव्रता दिएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए । उनका अनुसार कटानमा परेका राजमार्गखण्डमा मेसिनरी वाल (सिमेन्टको पर्खाल) उठाएर चौडा पारिनेछ । वर्षाले सडक कटान गरेर एकतर्फी आवागमनमा समेत समस्या देखिएको कोठे, महभिरलगायत ठाउँमा सडक चौडा पारेर पहिरो नियन्त्रण गरिने उनले बताए ।

जुरे पहिरो क्षेत्रको सडकमा नाली र पानी सडक बाहिरबाट बगाएर आगामी वर्षामा समेत अवरुद्ध नहुने गरी मर्मत गर्न लागेको सडक कार्यालयले जनाएको छ । पहिरो नियन्त्रणसँगै राजमार्गका बिग्रिएका १२ किलोमिटर खण्डमा कालोपत्रेसमेत गरिने डिभिजन प्रमुख झा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: