हावाहुरी सहित हल्का हिमपातको संभावना « Nagarik Khabar

हावाहुरी सहित हल्का हिमपातको संभावना



काठमाडौं । देशका विभिन्न भागमा आज हावाहुरीसहित हल्का पानी पर्ने संभावना रहेको छ । साथै उच्च पहाडी र हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । काठमाडौ उपत्याकामा पनि सामान्य पानी पर्ने संभावना रहेको छ । यस्तो छ तीन दिनको मौसमसम्बन्धी विवरण

वैशाख २० गते (शुक्रबार)

दिउँसो देशको पुर्वी भूभागमा पूर्ण बदलि र मध्य र पश्चिमी भूभागमा आंसिक देखि सामान्य बदलि रही पूर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राति देशभरि सामान्य देखि पूर्ण बदली रही पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी र हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ ।

वैशाख २१ गते (शनिबार)

दिउँसो देशको पूर्वी भूभागमा पूर्ण बदली, मध्य र पश्चिमी भूभागमा आंसिक देखि सामान्य बदलि रही पूर्वी भूभागका अधिकांस स्थानहरुमा , मध्य र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ र पूर्वका एकदुई स्थानमा भारि बर्षाको पनि संभावना छ। उच्च पहाडी र हिमालि भूभागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ ।
राती देशको पूर्वी भूभागमा पूर्ण बदली, मध्य र पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि बाँकी भूभागमा आंसिक बदली रहनेछ। पुर्वी भूभाग लगायात मध्य तथा पश्चिमी पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ र पूर्वका एक दुई स्थानमा भारि बर्षाको पनि संभावना छ। उच्च पहाडी र हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ।

वैशाख २२ गते (आइतबार)

देशको पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि हुने,बाँकी भूभागमा आंसिक बदलि हुने देखिन्छ । पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा , मध्य र पश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ राती भने देशको पहाडी भूभागमा आंसिक बदलि भई बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ ।पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: