नेपाल प्रहरीलाई आइसीटी अवार्ड « Nagarik Khabar

नेपाल प्रहरीलाई आइसीटी अवार्ड



काठमाडौ । सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोग गरेकोमा नेपाल प्रहरीलाई सार्वजनिक निकायतर्फ राष्ट्रिय आईसीटी अवार्ड प्रदान गरिएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसरमा एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अवार्ड प्रदान गरे । नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न तथा अपराध न्यूनीकरणमा सन् २०१८ ०१९ मा सूचना प्रविधिको उच्चतम प्रयोग गरी विद्युतीय सुशासन कायम गरेकाले अवार्ड दिइएको हो ।
नेपाल प्रहरीले यसअघि जापानमा डिजिटल ‘डिजिटल गभर्नेन्स अवार्ड २०१८’ पनि पाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: