इटहरीकी अप्सरा ! « Nagarik Khabar

इटहरीकी अप्सरा !



इटहरी । रातको एक बजे इटहरी चोक नजिक ठेला आइपुग्छ । ठेलासँगै हुन्छिन् अप्सरा पोखरेल ।

१ बजेदेखि बिहान ७ बजेसम्म उनी ठेलामा बसेर चिया पकाइरहेकी हुन्छिन्, चिया बेचिरहेकी हुन्छिन् ।

उनले इटहरी चोकमा व्यापार गरेको १५ बर्षभन्दा बढी भइसकेको छ । करिब ६ घण्टामा चिया बनाउँदा १६/१७ दुधका पोका सकिन्छन् ।

प्रत्येक दिन सरदर ५-६ हजार रुपैयाँको व्यापार हुने अप्सराले बताइन् ।

उनी इटहरी ४ मा बस्छिन् । ५ जनाको परिवार छ । दैनिक खर्च चलाउन ठेला पसलले निकै सघाउ पुर्याएको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: