प्रदेश १ को नाम कोशी, राजधानी विराटनगर ! « Nagarik Khabar

प्रदेश १ को नाम कोशी, राजधानी विराटनगर !



काठमाडौं । प्रदेश १ को नाम कोशी र प्रदेश राजधानी विराटनगर राख्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावका आधारमा प्रदेश १ को नाम तया भएको स्रोतले जनाएको छ । माथिको आदेश भन्दै प्रदेश १ ले आफ्नो प्रदेशको नाम कोशी र प्रदेश राजधानी विराटनगर राख्ने तयारी गरेको हो । छलफलको क्रममा नाम के राख्ने र राजधानी कहाँ रहने भन्ने विवाद बढेपछि प्रदेश १ को नाम कोशी र राजधानी विराटनगर राख्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको स्रोतले जनायो ।

प्रम ओलीको सुझावपछि संसदीय दलको बैठकबाट नाम र राजधानी टुंगो लागेको छ । नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशको नामा र राजधानी सहमतिमै राखिने दावी गरे । ‘सहमतिमै प्रदेशको नामकरण हुनेछ, हामी छलफलकै क्रममा छौ, संसद बैठकबाट पास भएपछि सबैलाई जानकारी गराइन्छ’, उनले भने । कोशी ,सगरमाथा वा चोमोलोङमा मध्ये एउटा नाम रहेने उनको दावी ।

नेकपा भित्र प्रदेश १को नामकरणमा विवाद थियो । धेरै सांदहरुले यसलाई सगरमाथा राख्न प्रस्ताव गरेका थिए । सोलुका सांसदहरुले पनि सगरमाथा विश्वले चिनेको नाम भएकाले प्रदेशको नाम सगरमाथानै राख्न सुझाव दिए पनि माथिको निर्देशन भन्दै मूख्यमन्त्रीले कोशी राख्नुपर्ने प्रताव पेश गरेपछि संसदीय दलमा नामबारे लामो विवाद भएको थियो । प्रधानमन्त्री र पार्टी केन्द्रको समेत राय सुझाव लिइएको थियो ।

‘अन्नतः माथिकै आदेशमा कोशी नामरकण हुने भयो विराटनगरमा राजधानी रहने भयो’, स्रोतले भन्यो । संसदीय दलमा तत्कालिन एमाले सांसदहरु कोशी प्रदेश नाम राख्नुपर्ने र विकल्पमा सगरमाथा नाम राख्नुपर्ने पक्षमा थिए भने तत्कालिन माओवादी सांसदहरु कोशीसँग किरात शब्द जोड्नुपर्ने पक्षमा थिए । ‘यी दुवै पक्षलाई मिलाउदा कोशीमा सहमति जुटेको हो’, स्रोतले भन्यो ।

नेकपा मन्त्रीपरिषद्का सदस्यहरु विराटनगरलाई नै राजधानी बनाउनुपर्ने पक्षमा थिए । उनीहरुले त्यही अनुसार लविङपनि गरिरहेका थिए । कतिपय सांसदहरुले ‘इटहरी’ राजधानी राख्न प्रस्ताव गरेका छन । धनकुटाको विषयमा समेत व्यापक छलफल भएको छ । तर धनकुटामा मुख्यन्त्रीको सम्पर्क कार्यालय राखेर धनकुटाको विवाद समाधानको प्रयास मुख्यमन्त्रीले गरेका छन । ‘इटहरीलाई छोडर विराटनगरकै ग्रामीण भेगलाई राजधानीका रुपमा बिकास धेरै सांसदहरुको मत रहेको छ’, स्रोतले भन्यो ।
प्रदेश १ को सभाबाट नाम र राजधानी प्रस्ताव गर्ने समय वैशाख २२ सम्म थपिएको छ । २२ गते अघि नै नाम र राजधानी घोषणाको तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: