ओछ्यानमा मृत भेटिइन् मनिषा « Nagarik Khabar

ओछ्यानमा मृत भेटिइन् मनिषा



लहान । सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् ।

सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृत वस्थामा भेटिएको हो ।

मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो ।

यता स्थानीयवासीले घरपरिवारकै सदस्यबाट मनिषाको हत्या भएको हुनसक्ने बताएका छन् । गत फागनु १७ गते रामेश मण्डलसँग मनिषाको विवाह भएको थियो ।

बिहीबार राति श्रीमान रामेशले मनिषाको हत्या गरेको स्थानीयले बताएका छन् ।

विहेका बेला दिएको दाइजो कम भएको भन्दै सासु तारा मण्डलले मनिषालाई पटक–पटक शारीरिक यातना तथा कुटपिट गर्दै आएको माइतीपक्षको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: