नेपालमा किन पर्‍यो पानी र हावाहुरी ? « Nagarik Khabar

नेपालमा किन पर्‍यो पानी र हावाहुरी ?



काठमाडौं ।नेपालको पश्चिमी क्षेत्रमा शुक्रवार आज बिहानदेखि मौसम बद्ली भएर केही ठाउँमा ठूलो पानी परेको छ । रुपन्देही, नवलपरासी, पाल्पा, धादिङ्ग लगायतका जिल्लामा पश्चिमी वायुको असरले गर्दा बिहान ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा समेत हावाहुरी लागेको छ । दिउँसोसम्म काठमाडौंमा पनि पानी पर्ने अनुमान गरिएको छ ।
मौसमविद् सुवास रिमालले भारतको ओडिशा आसपास देखिएको फनीको असर नभएर पश्चिमी वायुको असरले गर्दा देशैभरको मौसम बद्ली भएको जानकारी दिए । उनले भने पश्चिमी वायुको असरले गर्दा काठमाडौं आसपासको क्षेत्रमा समेत मौसम बद्ली भएको छ । हावाहुरी समेत लाग्ने अनुमान गरिएको छ ।
पश्चिमी वायु सक्रिय हुँदा त्यसको असरले देशैभरको मौसममा असर गरेको मौसमविद् रिमालले बताए । उनका अनुसार अबका केहीदिन पश्चिमी वायुको असरले गर्दा मौसम बद्ली भएर पानी पर्ने, हावाहुरी लाग्ने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: