६० किलो गाँजासहित भारतीय नागरिक पक्राउ « Nagarik Khabar

६० किलो गाँजासहित भारतीय नागरिक पक्राउ



इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।

नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका अधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई ६० किलो गाँजासहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: