पूर्वी नेपालमा शनिवारसम्म हेलिकप्टर नचलाउन गृह मन्त्रालयको आग्रह « Nagarik Khabar

पूर्वी नेपालमा शनिवारसम्म हेलिकप्टर नचलाउन गृह मन्त्रालयको आग्रह



काठमाडौं । गृह मन्त्रालयले चक्रवाती तुफान फनीको असर शुक्रवार (आज)देखि देशको पूर्वी क्षेत्रमा रहने भएकाले सतर्कता अप्नाउन आग्रह गरेको छ । मन्त्रालयले  ट्वीटर मार्फत पूर्वी नेपालको हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोली(शनिवार) दिनभरसम्म हेलिकप्टर उडान नगर्नु, नगराउनु हुन र पर्यटक एवं यात्रुहरु सुरक्षित स्थानमा रहनु हुन अनुरोध गरेको छ ।


जल तथा मौसम विज्ञान विभागले भारतमा देखिएको फनी नामको आँधीको असर शुक्रवार (आज) बेलुकीदेखि नेपालमा देखिन थाल्ने जनाएको छ । फनीका कारण मध्य र पूर्वी नेपालमा मेघ गर्जन सहित पानी पर्ने, चट्यांग पर्ने र हावाहुरी समेत लाग्ने सम्भावना रहेको छ । पूर्वी नेपालको उच्च पहाड तथा हिमाली क्षेत्रमा भने भारी हिमपातको सम्भावना छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: