प्रहरीलाई ५ सय घुस दिन खोज्ने पक्राउ « Nagarik Khabar

प्रहरीलाई ५ सय घुस दिन खोज्ने पक्राउ



काठमाडौं । काठमाडौको ठमेलबाट प्रहरीलाई पाँच सय घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । काठमाडौ महानगरपालिका २६ ठमेल नर्सिङ चोकमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर लेलेका १९ बर्षीय नारायण तामाङ र सोही स्थान बस्ने १९ बर्षीय सुमन स्याङ्ताङलाई प्रहरीले पक्राउ गरेको हो ।
सुमनले चलाएको बा.१ ज २०९६ नम्बरको ट्याक्सीले बिजय लामाको बा. २ ज २४९९ नम्बरको ट्याक्सीलाई ठक्कर दिए पछि ट्याक्सीको पछाडीको भागमा क्षती पुगेकोले बा. १ ज २०९६ नम्बरको ट्याक्सीलाई कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न उनीहरुले प्रहरीलाई पाँच सय रुपैया घुस दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: