यस्तो छ राष्ट्रपति भण्डारीको सवारी मार्ग « Nagarik Khabar

यस्तो छ राष्ट्रपति भण्डारीको सवारी मार्ग



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि आज दिउसो ३ बजेदेखि महराजगन्जदेखि लैनचौर, महेन्द्रशालिक, माइतीघर हुदै नयाँ वानश्वरसम्मको सडक खाली हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन नयाँ वानेश्वर आउने भएकाले सो रुटमा करिब आधाघण्टा सडक खाली गर्न लागिएको हो ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुने भएकाले सो रुट हुदै राष्ट्रपति भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुनको सवारी हुनेछ । अतिविशष्ट व्यक्तिहरुको सुरक्षाका लागि ट्राफिक प्रहरीले सडकमा कुनै पनि सवारी साधान चलाउन रोक लगाएको छ भने नेपाल प्रहरी सुरक्षाका लागि सडकको दुवै साइडमा तैनाथ हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली भने सिंहदरवारबाट संसद भवन आउनेछन् ।

महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार सरकारले संसदमा प्रस्त्ुत गर्ने नीति तथा कार्यक्रम करिब साढे ३ बजे पछि काठमाडौँ उपत्यकाका स्थित महाराजगञ्ज, लैनचौर, महेन्द्रशालिक, सिंहदरवार, माइतीघर र नयाँ बानेश्वर हुँदै चल्ने सवारी साधनको आवागमन प्रभावित हुनेछ ।

‘अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अति विशिष्ठ व्यक्तिहरु सहभागि हुने कार्यक्रम रहेकाले सवारी आवागमन प्रभावित हुने भएको हो’ महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने ।

सो समयावधिभर सवारी साधनका चालकलाई वैकल्पीक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । ‘विशिष्ट व्यक्तिको सुरक्षालाई मध्यनजर गरि काठमाडौँ उपत्यकाको नारायणगोपाल चोक, बालाजु, सोह्खुट्टे, टुकुचा, लैनचौर, जयनेपाल, कृष्णपाउरोटी, कमलादी, पुतलीसडकबाट केही समयको लागी सवारी साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गर्नेछ’, एसएसपी पन्तले भने ।

यस्तै, पद्धमोदयमोड, त्रिपुरेश्वर, थापाथली, थापागाउँ, हनुमास्थान, जावलखेल, मुनिभैरव र कोटेश्वरबाट पनि सवारी साधनलाई डाइभर्सन गरिने महानगरीय कट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: