कोसँग हुन लेखेको रहेछ पूर्व राष्ट्रपतिकी छोरी अनिताको बिहे ? « Nagarik Khabar

कोसँग हुन लेखेको रहेछ पूर्व राष्ट्रपतिकी छोरी अनिताको बिहे ?



काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादव पाँच वर्ष अघि राष्ट्रपति भवनमै थिइन् । पिताको सचिवालय सञ्चालनमा भूमिका निर्वाह गरिरहँदा सामाजिक काममा पनि उत्तिकै सक्रिय थिईन् ।

त्यो व्यस्तताबीच एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिंदै विवाह सम्बन्धी प्रसँगमा यादवले भनेकी थिइन्, ‘जोसँग लेखिएको छ, उसैसँग बिहे होला ।’ थपेकी थिइन्, ‘संविधान जारी भएपछि मेरो बिहे होला कि !’

संविधान जारी भयो । संविधान बमोजिम राष्ट्रपतिको निर्वाचन भयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई जिम्मेवारी हस्तान्तरण गरेर पूर्व राष्ट्रपति डा. रामवरण यादव शितल निवासबाट विदा भए ।

पाँच वर्षअघि ‘देशका लागि संविधान र मेरो लागि विवाह उस्तै उस्तै भएको छ’ भनेकी पूर्व राष्ट्रपति छोरी अनिता कहिले बिहे गर्छिन् त ?

उनी बिहेको अन्तिम तयारीमा छिन् । २३ वैशाखमा उनले लगन गाँठो गास्ने पक्का भएको छ ।

कोसँग होला बिहे ? उनले पाँचवर्ष अघि भनेको थिइन्, ‘जोसँग लेखिएको छ, उसैसँग होला । मागी विवाह होला यात प्रेम विवाह, त्यो त मेरो भाग्यले निर्धारण गर्ने हो ।’

कोसँग लेखिएको रहेछ उनको बिहे ? उनको विवाह रौतहट निवासी ईन्जिनियर रमेश यादवसँग हुँदैछ । धनुषाको जनकपुरधामस्थित आफ्नै निवासमा उनको हुने तय भएको छ ।

के उनको बिहे वैशाख २३ गते रमेश यादवसँग हुने लेखिएको रहेछ त ? ‘तपाईंले जे सुन्नुभयो, त्यहीं नै सत्य हो’, अनिताले बिहीबार साँझ नागरिक खबरलाई भनिन्, ‘धेरै कुरा त मैले के भनुँ अहिले ।’

लण्डन मेट्रोपोलियन युनिभर्सिटीबाट हेल्थ एन्ड सोसल पोलिसीमा मास्टर गरेकी अनिता यादव सामाजिक काममा सक्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: