जनताले सुखसहितको समृद्धि चाहेका छन् : प्रधानमन्त्री ओली (भिडियोसहित) « Nagarik Khabar

जनताले सुखसहितको समृद्धि चाहेका छन् : प्रधानमन्त्री ओली (भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुखसहितको समृद्धि चाहेको बताएका छन् । ‘समृद्ध नेपाल, सुःखी नेपाली’ नेपाली नागरिकको साझा सपना भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी गरे ।

शुक्रबार सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका पदाधिकारीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको भेटमा उनले नेपाल दक्षिण एसियाली राष्ट्रहरुको समृद्धि र त्यहाँका नागरिकले सुख पाएको हेर्न आतुर रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाल र दक्षिण एसियाली राष्ट्रहरुको समृद्धिका लागि त्यहाँको युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव अघि सारे ।

प्रधानमन्त्री ओलीले नेपालमा ४० प्रतिशत युवाहरु र ६० प्रतिशतभन्दा बढी काम गर्ने उमेर समूहका मानिसहरु रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान गरे । ‘नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा गरिएको लगानी खेर जान नदिन सरकारले सुशासनमा जोड दिएको छ ।’ उनले निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना रहेको प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: