समायोजनमा गएका कर्मचारीको जायज माग पूरा हुन्छ : मन्त्री पण्डित (भिडियोसहित) « Nagarik Khabar

समायोजनमा गएका कर्मचारीको जायज माग पूरा हुन्छ : मन्त्री पण्डित (भिडियोसहित)



काठमाडौं । सरकारले बैशाखभित्र समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो सम्बोधन गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सकेसम्म बैशाखभित्र समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने तयारीका साथ काम भइरहेको बताएका हुन् ।

‘सरकारले प्रदेश फरक परेका, श्रीमान वा श्रीमती फरक–फरक ठाउँमा भएकाहरुलाई पायक पर्ने ठाउँमा समायोजनमा खटाउनेसहितको कानुनी व्यवस्था छ ।’ उनले भने, ‘महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाइलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’

मन्त्री पण्डितले समायोजनमा गएका प्रशासनतर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: