सञ्चार मन्त्री बास्कोटाको टिप्पणी– सञ्चार माध्यमले बाटो बिरायो (भिडियोसहित) « Nagarik Khabar

सञ्चार मन्त्री बास्कोटाको टिप्पणी– सञ्चार माध्यमले बाटो बिरायो (भिडियोसहित)



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यमहरुले बाटो बिराएको टिप्पणी गरेका छन् ।

लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाइ गरेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको भन्दै संचार माध्यामहरुप्रति गुनासोसमेत गरे ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानले प्रेस स्वतन्ताको प्रत्याभूति गरेको उल्लेख गर्दै सरकारबाट त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने प्रतिवद्धता व्यक्त गरे ।
नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल, खुलापनका कारण पनि संकुचन हुनै नसक्ने उनको तर्क छ ।

मन्त्री बास्कोटाले संविधानको मूलभूत मान्यताभन्दा बाहिर गएर कानुन बनाउने आशंका नगर्न पनि सबैलाई आग्रह गरे । उनले भने, ‘सरकार लोकतन्त्रको विश्वव्यापी मान्यतामा एकाकार र सहमत भएर अघि बढ्न प्रतिवद्ध छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले प्र्रेस स्वतन्त्रता सुनिश्चित गर्नु आज पनि चुनौतीको रुपमा रहेको दाबी गरे । अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रको रक्षाका लागि जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: