सडक छेउका सबै पेट्रोल पम्प हटाइँदै « Nagarik Khabar

सडक छेउका सबै पेट्रोल पम्प हटाइँदै



 

 काठमाडौं । काठमाडौ उपत्याकामा मापदण्ड विपरित सञ्चालनमा रहेका पेट्रोल पम्प हट्ने भएका छन् । काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्पलाई यथाशक्य छिटो हटाउने बताएका हुन ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले शुक्रबार विहान आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा प्रमुख जिल्ला अधिकारी आचार्यले सो कुरा बताए हुन । ‘यातायात क्षेत्रको सुधारका लागि अस्तव्यस्त ढङ्गले सञ्चालन गर्न लागेको बस काउन्टर हटाउन लागेका छौ, मापदण्ड विपरित रहेका पेट्रोल पम्प पनि हटाउनेछौ’, उनले भने ।
प्रमुख जिल्ला अधिकारी आचार्यले उपत्यकाको शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि रु पाँच करोडको लगानीमा सिसी क्यामरा जडान गर्न लागेको जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन महाशाखाले तीन महीने कार्ययोजना बनाएर अगाडि बढेको बताए ।

उनले काठमाडौँमा बढ्दै गएको ट्राफिक जामलाई न्यूनीकरण गर्न टुँडिखेल वरपरका क्षेत्र र कोटेश्वरमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरिएको बताउँदै आइतबारदेखि सो व्यवस्था कलङ्की क्षेत्रमा पनि लागू गरिने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले मुलुकको समग्र यातायात क्षेत्रको सुधारका लागि बस काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने बताए । ‘यात्रुले अनिवार्यरुपमा टिकट काटेर यात्रा गर्नुपर्छ’, उनले भने । यातायात क्षेत्रको सुधारका लागि सरकारले चालेको कदमलाई महासङ्घले स्वागत गरेको उनको भनाई छ ।

महाशाखाले कलङ्की क्षेत्रलाई व्यवस्थित गर्नका लागि उपत्यकाभित्र चल्ने सवारी साधनलाई एक ठाउँ उपत्यका बाहिर चल्ने सवारी साधनलाई अर्को ठाउँ र मोटरसाइकललाई अर्को ठाउँमा ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाइएको प्रभागका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए ।
कार्यक्रममा कामनपा १४ बडा अध्यक्ष शोभा सापकोटाले कलंकी चोक ब्यवस्थित गर्नुपर्नेमा जोड दिइन । अब आफ्नो वडामा बस,माईक्रोबस टिकट काउन्टर राख्नेले बडा कार्यलयमा सम्पर्क राख्नु पर्ने बताउदै । उनले कलंकीका होडींग बोर्ड पनि हटाइने बताइन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: