टेस्ट टोलीलाई पछि पार्दै ११औं स्थानमा उक्लियो नेपाल « Nagarik Khabar

टेस्ट टोलीलाई पछि पार्दै ११औं स्थानमा उक्लियो नेपाल



काठमाडौं । नेपाल टेस्ट टोलीलाई समेत पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी टोलीको वरियतामा ११औं स्थानमा उक्लिएको हो ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपालले पाँच स्थान सुधार गर्दा दुई वटा टेस्ट टोलीलाई पछि पारेको हो । नेपालले वरियतामा जिम्बाबवे र आयरल्यान्ड जस्ता टेस्ट टोलीलाई पछि पारेको छ । जिम्बाबवे नेपाल भन्दा दुई स्थान पछि १३आौं स्थानमा रहेको छ । यस्तै आयरल्यान्ड नेपाल भन्दा चार स्थान तल १५औं स्थानमा रहेको छ ।

नेपाल यस अघि १५औं स्थानमा रहेको थियो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ । इङ्ल्यान्ड दोस्रो तथा अष्टे«लिया तेस्रो स्थानमा रहेको छ । भारत चौथो स्थानमा रहेको छ । आईसीसीको पछिल्लो वरियतामा ८१ वटा टोली समावेश छन् । वरियताको सबै भन्दा पुछारमा चिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: