मुलुकमा सकारात्मक परिवर्तन आएको सरकारको दावि « Nagarik Khabar

मुलुकमा सकारात्मक परिवर्तन आएको सरकारको दावि



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको लिएको आर्थिक नीतिले मुलुकमा सकारात्मक परिवर्तन आएको बताएकी छिन् । यसले सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पूरा हुने बाटोमा अघि बढेको बताएकी छिन् ।

नयाँबानेश्वरस्थित संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारको आर्थिक नीतिले सकारात्मक आशा जगाएको, आर्थिक वृद्धिदर बढेको बताएकी छिन् । भर्खरै सम्पनन लगानी सम्मेलनबाट नेपाल लगानीका लागि महत्त्वपूर्ण क्षेत्र भएको सन्देश भएको बताएकी छन् । समृद्धिको इतिहास रच्ने आधार वर्ष तयार भएको छ उनले दाबी गरिन् । 

उनले सरकारले मौलिक हकका १६ कानुन निर्माण भई कार्यान्वय भइरहेको बताएकी छिन् । मुलुकमा पृथकतावाद र बिखण्डनवादको विचार अन्त्य भई राष्ट्रयता बलियो भएको दाबी गरेकी छिन् ।

यस्तै, चीनको राजकीय भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध इतिहासमै प्रगाढ भएको बताइन् । चीनसँग भएको सम्झौताबाट त्यहाँका बन्दरगाह प्रयोग गरी मुलुकले फाइद लिने बताएकी छिन् ।

उनले नेपालमा पानी जहाज, रेल, सुरुङमार्ग चल्ने यथार्थमा परिणत हुँदै आएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: