आगामी वर्ष थप पाँच लाख रोजगारी सिर्जना हुन्छ « Nagarik Khabar

आगामी वर्ष थप पाँच लाख रोजगारी सिर्जना हुन्छ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष थप पाँच लाख रोजगारी सिर्जना गर्ने बताएकी छिन् ।

संघीय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकारले देशभित्रै राजगारी सिर्जना गर्ने क्रममा आगामी वर्ष थप पाँच लाख रोजगारी सिर्जना गर्ने बताएकी हुन् ।

उनले आगामी चार वर्षभित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने दाबी गरेकी छन् । यस्तै, राष्ट्रिय गौरवका परियोजना निर्धारित समय सम्पन्न गर्ने, सन् २०१९ भित्रै गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल र सन् २०२१ पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याइने बताएकी छन् ।

यस्तै, आयोजनाका सम्पूर्ण आयोजना आगामी चार वर्षभित्र सम्पन्न गर्ने । चार वर्षभित्र मध्य पहाडी लोकमार्ग, काठमाडौं निजगढ द्रूतमार्ग, हुलाकी राजमार्ग सम्पन्न गर्ने, आगामी वर्ष पूर्वपश्चिम रेलमार्ग सुरु गर्ने सरकारको योजना गरेको बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: