रवडाले आईपीएलका बाँकी खेल नखेल्ने, दिल्लीलाई झड्का « Nagarik Khabar

रवडाले आईपीएलका बाँकी खेल नखेल्ने, दिल्लीलाई झड्का



काठमाडौं । ढाडको समस्याका कारण काजिसो रवडाले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल नखेल्ने भएका छन् । यसले उनको टोली दिल्ली क्यापिटल्सलाई ठूलो झड्का लागेको छ ।

तीब्र गतिका बलर रवडाले जारी आईपीएल सिजनमा दिल्लीलाई प्लेअफ चरणमा पु¥याउन सशक्त प्रदर्शन गरेका छन् । १२ खेलबाट २५ विकेट लिएका रवडा जारी आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् ।

गत अप्रिल २८ मा रोयल च्यालेञ्जर्स बेङ्लोरविरुद्व खेल्दा रवडाले ढाडमा समस्या भएको जनाएका थिए । सोही समस्याका कारण उनले गत बुधबार भएको चेन्नाइ सुपर किङ्सविरुद्वकाे खेल पनि गुमाएका थिए । त्यसपछि गरिएको मेडिकल ‘चेक अप’ पछि उनी घर फर्कने भएका हुन् ।

उनलाई एक दिवसीय विश्वकप नजिकिदै गरेकाले पनि आफ्नो राष्ट्रिय टोली दक्षिण अफ्रिकाले फिर्ता बोलाएको हो । रवडा दक्षिण अफ्रिकाले यसै महिनाको अन्त्यबाट इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकप टोलीमा छन् । त्यसैले थप समस्या नहोस् भन्ने उदेश्यले उनलाई फिर्ता बोलाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: