राजमार्गमा जहाज अवतरणको व्यवस्था मिलाइने « Nagarik Khabar

राजमार्गमा जहाज अवतरणको व्यवस्था मिलाइने



काठमाडौं । सरकारले नेपाली नागरिकको आफ्नै पानी जहाज चढ्ने चाहना पुरा हुने कुरा नीति तथा कार्यक्रममा समेटेको सरकारले राजमार्गमा जहाज अवतरण गर्न मिल्ने व्यवस्था मिलाउने भएको छ । संघीय सदनमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा सरकारले यस्तो कुरा उल्लेख गरेको छ ।
राष्ट्रिय राजमार्गमा आपतकालिन विमान अवतरण गर्ने व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सरकारको नीति तथा कार्यक्रममा नेपालीको आफ्नै पानी जहाज चढ्ने इच्छा पुरा हुने गरी सरकारले तीव्र गतिमा काम गरेको उल्लेख छ ।
४ वर्षमा फास्ट ट्रयाक र हुलाकी राजमार्ग निर्माण सकिने सरकारले जनाएको छ । सिक्टा आयोजनाको सबै काम ४ वर्षभित्र सकिने छ । आगामी आर्थिक वर्षभित्र मेलम्ची आयोजना पूरा गर्ने सरकारले जनाएको छ ।
पोखरा विमानस्थल २०२१ देखि सञ्चालन गरिने । नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने इच्छा छिट्टै पुरा हुने आगामी वर्षभित्र विराटनगरसम्म रेल सञ्चालन गरिनेछ ।

काठमाडौंलाई भारत र चीन दुबैतर्फको रेलमार्गले जोड्न २ वर्षभित्र निर्माण कार्य सुरु गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: