नीति तथा कार्यक्रममा कांग्रेस सभापित देउवाको टिप्पणी : आश्वासनबाहेक केही छैन « Nagarik Khabar

नीति तथा कार्यक्रममा कांग्रेस सभापित देउवाको टिप्पणी : आश्वासनबाहेक केही छैन



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको टिप्पणी गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक अरु केही पनि नभएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सभापति देउवाले सरकार नीति तथा कार्यक्रममा अघिल्लो वर्षकै निरन्तरता बाहेक केही नभएको दाबी गरे ।

उनले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नुको साटो ‘नेपाल सरकार’ भनेको भए उपयुक्त हुने धारणा राखे । राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेको आफूलाई अनुभूति भएको सभापति देउवाको भनाइ छ ।

त्यसैगरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाउका छन् । उनले सरकारको नीति तथा कार्यक्रमले जनतालाई राहत नदिने दावी गरे ।

प्रमुख सचेतक खाँडले सरकारको नीति तथा कार्यक्रममा घोषित कार्यक्रमलाई कार्यान्वयनमा लैजाने योजना नभएको दावी जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: