नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी –यो एउटा सपनाको पुलिन्दामात्र हो « Nagarik Khabar

नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी –यो एउटा सपनाको पुलिन्दामात्र हो



काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रमलाई सपनाको पुलिन्दा रहेको प्रतिक्रिया दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संघीय संसद भवनमा संचारकर्मीसँग प्रतिक्रिया दिंदै उनले आधार र योजनाविनाका कार्यक्रम सपना मात्रै भएको दाबी गरे ।

भ्रष्टाचार नियन्त्रण, राजस्व अभिवृद्धि, महिला हिंसा अन्त्यलगायतका कुरा गरिए पनि त्यसलाई कार्यान्वयन गर्ने संरचनात्मक परिर्वतनका कुरा आउन नसकेको उनको भनाइ छ । ‘यो एउटा कोरा कल्पना, नारा, सपनाको एउटा पुलिन्दा हो,’ उनले भने, ‘यसले व्यवहारमा खास असर गर्छ जस्तो मलाई लाग्दैन ।’

पूर्वप्रधानमन्त्री भट्टराईले प्रशासनिक सुधारको खाका आउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: