लोकसेवाले ठूलो संख्यामा कर्मचारी भर्ना खुलाउँदै « Nagarik Khabar

लोकसेवाले ठूलो संख्यामा कर्मचारी भर्ना खुलाउँदै



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वैशाख महिनाको अन्त्यसम्ममा ठूलो संख्यामा कर्मचारी भर्ना खुल्ने बताएका छन् । आजको राजधानी दैनिकको पहलिो पृष्ठमा समाचार छापिएको छ ।

उनले एक साताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न भइसक्ने र लोकसेवामार्फत कर्मचारी भर्ना खुलाउने गरी आवश्यक गृहकार्य अघि बढाइएको जानकारी दिए ।

मन्त्री पण्डितका अनुसार प्रशासनिकतर्फको कर्मचारी समायोजनका धेरैजसो काम सम्पन्न भइसकेको र स्वास्थ्यतर्फका कर्मचारीको गुनासो सुनुवाइ अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: