शीर्ष नेताका निवास नै ‘कार्यालय’ « Nagarik Khabar

शीर्ष नेताका निवास नै ‘कार्यालय’



काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो । निवासमा भीडभाड थियो । प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस लिई दाहाल निवास पुगेका थिए ।

तराई–मधेस फोरम अध्यक्ष अमर यादवलगायत उनको पार्टी नेकपामा विलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ । दाहालले त्यस्तो पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालयमा गर्न आवश्यक ठानेनन्, आफ्नै निवासमा आयोजना गरिदिए ।

यस्तो दृश्य दाहाल निवासमा मात्र होइन, प्रधानमन्त्री तथा नेकपाकै अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटार र कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पनि देखिन्छ । आजको अन्नपूर्ण पोष्टले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: