फानीबाट जोगिन मौसमविदको सुझाव, यस्तो छ दुई दिनको मौसम « Nagarik Khabar

फानीबाट जोगिन मौसमविदको सुझाव, यस्तो छ दुई दिनको मौसम



काठमाडौं । दुई दिन अघिसम्म चर्केको घामसहित राजधानीमा गर्मी बढेको महसुस भयो । चितवन, पोखरा लगायतका क्षेत्रमा दुईदिन अघि वर्षा र हुरी आएको थियो । बिहीबार साँझ भने राजधानी लगायतका क्षेत्रमा एक्कासि वर्षा र हुरी आयो ।

शुक्रबार बिहान खुलेको आकास १० बजेपछि हुरी र वर्षामा परिणत भयो । यो असर नेपालमा वर्षा भित्रिएको सङ्केत वा प्रिमनसुनको नभई बङ्गालको खाडीमा उत्पन्न भएको समुद्री आँधीको हो । पहाडी र अन्य क्षेत्रमा वर्षा र हुरी चल्ने भए पनि हिमाली भेगमा यसले असर गर्न सक्ने जोगिन मौसमविद्ले सुझाव दिएका छन् ।

फानी नामक आँधीको बाह्य आवरणका बादल नेपालतिर सरेकाले सो क्षेत्रमा तीव्र हिमपातको अनुमान मौसमविज्ञले गरेको समाचार आजको गोरखापत्रको पहिलो पृष्ठमा छापिएको छ ।

मौसमविद बरुण पौडेलले भन्नुभयो, “जमिनमा उत्रेको चक्रवात बादलका कारण नेपालमा हावाहुरी तथा चट्याङसहित पानी पर्नेक्रम दुईदिन अझै चल्नेछ ।” पूर्वमा आइतबारसम्म भारी वर्षा हुनेछ र हिमाली भेगमा हिमपात हुनेछ ।

पश्चिमी वायुको असर पनि यही बेला नेपालमा भित्रिदै गरेकाले त्यो क्षेत्रमा पनि बदली जारी रहनेछ । आइतबारदेखि देशको मध्य क्षेत्रमा र सोमबारदेखि मात्रै पूर्वी क्षेत्रमा मौसममा क्रमिक सुधार आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: