काठमाडौं । निर्देशक नितिन चन्दले नयाँ वेब सिरिज ‘बाजी’ तयार पारेका छन् ।
नितिनले फिल्म ‘जोनी जेन्टलमेन’, सयौँ म्यूजिक भिडियो तथा ‘हाम्रो हाईस्कूल’ र ‘रङ्ग टाईम’ जस्ता वेब सिरिज निर्देशन गरिसकेका छन् ।
हालै मात्र बाजी सिरिजको गीत र पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वचित शाक्यको शब्द, संगीत तथा स्वर रहेको छ ।
‘बाजी’ रोमान्टिक थ्रिलर जनरामा बनेको सम्भवत पहिलो नेपाली बेव सिरिज रहेको बताईएको छ । ‘बाजी’ प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताए ।
‘बाजी’मा वियोन्ड र निर्जला खनालको प्रमूख अभिनय रहेको छ । यो सिरिज जेठ २ गते देखी प्रसारण हुनेछ । यो सिरिज आठ श्रृंखला सम्म प्रसारण हुनेछ ।