आइपिएलमा आज सन्दीप खेल्ने सम्भावना बलियो « Nagarik Khabar

आइपिएलमा आज सन्दीप खेल्ने सम्भावना बलियो



काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपिएल) क्रिकेटमा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले लिग चरणको अन्तिम खेल खेल्दैछ । आजको खेल उसका लागि शीर्षमा दुईमा पर्ने सम्भावना कायमै राख्नका लागि महत्वपूर्ण छ ।
आजको खेल जितेमा दिल्लीको १८ अंक हुनेछ । उसले आज राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराउनु पर्नेछ । किन की दिल्ली भन्दा माथि रनरेटका आधारमा मुम्बई दोस्रो स्थानमा छ भने दुई अंक बढी भएको चेन्नईको पनि रनरेट राम्रो छ । त्यसैले दिल्लीलाई आज फराकिलो अन्तरले राजस्थानलाई हराउनु पर्ने बाध्यता छ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा चार बजे दिल्लीमा शुरु हुनेछ । स्पीनर अनुकुल पिच भएकाले दिल्लीले आज सन्दीप लामिछानेलाई मैदान उर्तार्ने सम्भावना बढी छ । तर अन्तिम ओभरका लागि क्रिस मोरिसले राम्रो प्रदर्शन गर्न सक्ने भएकाले सन्दीपले मौका नपाउने सम्भावना पनि उत्तिकै छ । किन की प्रतियोगिताकै सर्वाधिक विकेट लिने कगिसो रबाडा आइपिएलबाट बाहिरिएका छन् ।
यसैबीच शुक्रवार राती भएको खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पञ्जावलाई सात विकेटले पराजित गर्यो । जितसँगै कोलकाताको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ। घरेलु मैदान चण्डीगढमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो। १८४ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १८ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो।

जितसँगै कोलकाता १३ खेलमा ६ जितसहित १२ अंक जोड्दै पाँचौं स्थानमा पुगेको छ। पराजित पञ्जाब १० अंक जोड्दै तालिकाको सातौं स्थानमा छ। यसअघि चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेका छन्। शीर्ष चारमा पुग्ने टोलीको टुंगो भोली अर्थात आईतबार लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: