देशु गोलेको ‘जोडौं जोडौं लाग्छ घर’ ले लाहुरेबीच तरंग ! (भिडियो) « Nagarik Khabar

देशु गोलेको ‘जोडौं जोडौं लाग्छ घर’ ले लाहुरेबीच तरंग ! (भिडियो)



काठमाडौं । गायिका, गीतकार तथा समाजसेवी देशु गोलेको ‘जोडौं जोडौं लाग्छ घर’ सार्वजनिक भएको छ ।

देशुकै युटुब च्यानल ‘देशु गोले इन्टरटेनमेन्ट’मार्फत् एक साताअघि सार्वजनिक भएको गीतले बजारमा नयाँ तरंग ल्याएको छ ।

लाहुरे परिवेशलाई पनि समेटेर गीत आएको छ । गीतकार देशु आफै पनि लाहुरे परिवार हो । त्यसैले पनि उनले गीतमा लाहुरे परिवेशलाई छाडेका छैनन् ।

उनले यो गीत भने धेरै पहिले नै लेखेका हुन् । उनको करिब डेढ दर्जन जति गीत रेकर्ड भइसकेको छ भने भिडियो सातौं हो । यो भिडियो भने नेत्र किरातीले तयार पारेका हुन् । गीतमा संगीत दिने काम भने अर्जुन पोखरेलले गरेका छन् ।

आरुषी मगर र कागिस श्रेष्ठको अभिनय रहेको उक्त म्युजिक भिडियोमा मनिस श्रेष्ठले कोरीयोग्राफी गरेका हुन ।

हेर्नुस पूरा भिडियो-

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: