अञ्जु पन्त र दीपकराज पाण्डेको ‘चिम्टा’ सार्वजनिक (भिडियोसहित) « Nagarik Khabar

अञ्जु पन्त र दीपकराज पाण्डेको ‘चिम्टा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । नेपाली चर्चित गायिका अञ्जु पन्त र गायक दीपक पाण्डेको स्वरमा रहेको गीत चिम्टा सार्वजनिक भएको छ । युट्यूबमा सार्वजनिक म्युजिक मिडियो दर्शकको रोजाईमा परेको छ ।
हालै सार्वजनिक भएको गीतमा डीपी खनालको शब्द र कृण्ण भारद्वाजको संगीत रहेको छ । गम्भीर विष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकनमा रहेको म्युजिक भिडियो एरेन्जरमा भने रिकेश गुरुङ्ग छन् ।
म्युजिक भिडियोमा अभिनय नायिका वर्षा राउत र सुनिल क्षेत्रीले गरेका छन् । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् ।
गायक पाण्डेले आफ्नो गीत दर्शकले राम्रो भनेर प्रतिक्रिया दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: