गैरकानुनी रुपमा नेपालमा १०४३ विदेशी नागरिक « Nagarik Khabar

गैरकानुनी रुपमा नेपालमा १०४३ विदेशी नागरिक



काठमाडौं । नेपालमा गैरकानुनी रुपमा बसोबास गर्ने विदेशी नागरिकको संख्या वृद्धि हुँदै गएको छ । यसरी गैरकानुनी रुपमा बसोबास गर्नेमा भिसाको म्याद सकिएर लुक्ने र रोहिँंग्या समुदाय छन् ।

गृह मन्त्रालयका अनुसार, विभिन्न मुलुकबाट प्रक्रिया पूरा गरी नेपाल आएका तर भिसाको म्याद सकिएका ७२२ जना र भागेर आएका रोहिंग्या जाति ३२१ जना छन् ।

नेपालमा यसरी भिसाको म्याद सकिएर बस्नेमा इरान, इराक, म्यानमार, बंगलादेश, पाकिस्तान, कंगो, सोमालिया, अफगानिस्तान र श्रीलंका गरी नौं देशका रहेको गृह स्रोतले बतायो । उनीहरु धेरैजसो पर्यटन भिसामा आएका थिए ।

भिसाको म्याद सकिएपछि पनि विभिन्न पेशा व्यवसाय गर्दै उनीहरु नेपाल बस्दै आएका छन् । सरकारले अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिकलाई उनीहरुकै देश फर्काउनका लागि मन्त्रिपरिषद निर्णय गरेर भिसा शुल्कसमेत मिनाहा गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: