एक बच्चापछि न्यूजिल्याण्डकी प्रधानमन्त्रीको विवाह पक्का « Nagarik Khabar

एक बच्चापछि न्यूजिल्याण्डकी प्रधानमन्त्रीको विवाह पक्का



बिबिसी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले आफ्ना लिभ इन पार्टनर क्लार्क गेफोडसँग इंगेजमेन्ट गरेकी छन् । न्यूजिल्याण्डको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले यसको पुष्टी गरेका छन् ।

शुक्रबार एक कार्यक्रममा जेसिन्डा बायाँ हातको बीच औंलामा हीराको औंठी लगाएर उपस्थित भएकी थिइन् । त्यसपछि उनको इंगेजमेन्ट भएको अनुमान गरिएको थियो ।

जेसिन्डाका पति क्लार्क गेफोर्ड पेशाले टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । दुबै जना विगत लामो समयदेखि प्रेम सम्बन्धमा थिए । र उनीहरु लिभ इन टुगेदरमा बस्दै आएका थिए । जैसिन्डाले एक बर्ष अघि छोरीलाई समेत जन्म दिइसकेकी छन् ।

जेसिन्डा पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनेजीर भुट्टोपछि पदमा हुँदा आमा बन्ने दोस्रो महिला प्रधानमन्त्री बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: