हावाहुरी प्रभावित क्षेत्रमा ११ मन्त्री : पीडितको घर निर्माण सुरु « Nagarik Khabar

हावाहुरी प्रभावित क्षेत्रमा ११ मन्त्री : पीडितको घर निर्माण सुरु



बारा । बारा र पर्साका हावाहुरी प्रभावितका घर बनाउने सरकारले अभियान नै थालेको छ । सो अभियान थालनीका लागि आज (शनिवार) संघीय सरकारका १० र २ नम्बर प्रदेशका मुख्यमन्त्रीसहितको टोली बारा र पर्सामा पुगेका छन् । उनीहरुले १२ स्थानमा निर्माण शिलान्यास गर्दै जनताको घर बनाउने कामको थालनी गरेको हो ।

शनिबार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित,, भौतिक योजनामन्त्री रघुबिर महासेठ, खानेपानी मन्त्री बीना मगर, भूमिसुधारमन्त्री पद्मा अर्याल, महिला बालबालिका मन्त्री थममाया थापासहितले बारा र पर्सामा शिलान्यास गरेका हुन् ।

सरकारले पुनर्निमाणको काम वर्षायाम सुरू हुनुअघि नै सक्ने बताउँदै आएको छ । छिटो काम सकाउन मन्त्रिपरिषदको बैठकले निर्माणको जिम्मा समेत नेपाली सेनालाई दिइसकेको छ । निर्माणका क्रममा आवश्यक पर्ने सामान खरिदका लागि समेत टेण्डरको लामो प्रकृया पुरा गर्नु नपर्ने सुविधा सरकारले सेनालाई दिएको छ ।

उपप्रधानमन्त्री पोखरेलले प्रारम्भ गरिएको जनता आवासमा कुनै किसिमको ढिलाइ नगरी वर्षा अगाडिनै आवास निर्माण गर्न सेनालाई निर्देशन दिए ।  

उनले हावाहुरी प्रभावित परिवारलाई घर बनाउँदा जग्गाको अभाव भए प्रक्रियागत रुपमा ऐलानी र प्रति जग्गा उपलब्ध गर्नसमेत निर्देशन दिए ।  

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले हावाहुरी प्रभावितहरुका लागि आफ्नो मन्त्रालयले २ हजार घरका लागि २ हजार विद्यत मिटर, १ हजार बत्ति र १ हजार सोलार निशुल्क उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले हावाहुरी प्रभावित परिवारको लागि सङ्घीय सरकारले गरेको काम स्वागतयोग्य रहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: