काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आज (शनिवार) सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुवै पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने छ ।